राजनीति

नेपालमा कोरोना संक्रमित संख्या ८४ हजार नाघ्यो, आजै थपिए २१२० संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ८४ हजार ५७० हजार पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार ४४ जना कोरोनामुक्त भएका छन्। हालसम्म ६२ हजार ७४० जना कोरोनामुक्त भएका छन्।

शनिबार थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ सय २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *