काठमाडौं ,२८ बैशाख। काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ९ बजेसम्म मात्र खोल्न दिँदा बजारमा झन् भिडभाड बढ्ने भएकाले यस्तो निर्णय गरिएको हो।