अर्थ

आज सेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाडौं,२८ बैशाख।आज सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ मा पुगेकाे छ । नेप्से १.०४ प्रतिशतले बढेकाे हो ।

बढेको बजारमा आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेको छ । कम्पनीकाे ७६ कराेड ६५ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । त्यसपश्चात् सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश: अपि पावर, शिवम् सिमेन्ट, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड माेदी हाइड्राेपावर, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, राष्ट्रिय बीमा कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *