सहकारी दर्पण

सहकारीमा मोबाईल बैंकिङ प्रयोग बढ्यो

धादिङ,बैशाख। नीलकण्ठ– ३, धादिङबेशी स्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी जारी निषेधाज्ञामा पनि सदस्य सेवामा प्रतिवद्ध रहेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संस्थाले हरेक दिन सेवा प्रवाह गरिरहेको छ ।

सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी निरन्तर सदस्य सेवामा संस्था प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी दिनुभयो । बचत फिर्ता, नियमित बचत, कर्जा लगायतको कायम नियमित रुपमाहुँदै आएको उहाँले बताउनुभयो । संस्थाले आपत्कालित ऋण पनि प्रवाह गर्दै आएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै नगद रहित कारोबारलाई संस्थाले जोड दिएको छ । संस्थाले मोबाईल एप्स ‘श्रोत परिचालन साकोस’ प्रयोग गरि नगद रहित कारोबारमा जोड दिन सदस्यहरुलाई आव्हान गरेको छ । पछिल्लो समयमा मोबाईल बैंकिङ प्रयोग गर्ने सदस्यको संस्यामा समेत वृद्धि भएको नेपालले बताउनुभयो ।

हालसम्म करिब २ सय जनाले मोबाईल बैंकिङ सेवा लिएका छन् ।

सदस्यले घरमै बसेर मोबाईल बैंकिङमार्फत आफ्नो बचत, ऋण र सेयरको बारेमा जानकारी लिन सक्छन् । आफ्नो स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, मोबाईल रिर्चाज इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी पनि घरबाटै सक्छन् । संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, अन्तर बैंक रकम ट्रान्सफर लगायतको सेवा प्रवाह गर्दै आएको छ ।

सदस्यले ९८४७६९८५२५ नम्बरमा मिस्डकल गरेको अवस्थामा आफ्नो माबाईलमा रिर्चाज हुन्छ ।

संस्थाले विगत २३ वर्षदेखि निरन्तर सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले लगातार ७ वर्ष नेफ्स्कूनले प्रदान गर्दै आएको प्रोवेश ब्राण्ड पाउन सफल भएको छ । हाल संस्थामा ५३ सय सदस्य, सेयर पूँजी ५ करोड १३ लाख रहेको छ । संस्थाको कुल वासलत ४३ करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *