राजनीति

सुशीला अधिकारी स्मृति प्रतिष्ठानले गर्‍यो विपन्नलाई सहयोग

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सरकारले पटक–पटक लकडाउन तथा निषेधाज्ञा गरेपछि विपन्न, असक्त, मजदुरको रोजीरोटी गुमेको छ।

महामारी नियन्त्रणका लागि सरकारले लागु गरेका नियमका कारण उत्पन्न भएको यस्तो अवस्थामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूले सक्ने सहयोग पनि गरिरहेका छन्। कतिपयले खाद्यान्न दान गरिरहेका छन् भने कतिपयले विपन्नहरुलाई खाना खुवाएको देखिन्छ।

सोही क्रममा सुशीला अधिकारी स्मृति प्रतिष्ठान नेपाल (समिट नेपाल) ले लायन्स क्लव, काठमाडौं हाई भिजनले सञ्चालन गरेको कोभिड–१९ राहत अभियानमा सहभागी भएर सहयोग गरेको छ ।

प्रतिष्ठानले पाँच हजारको विभिन्न सामग्री सहयोग गरेको हो । दाल, चामल, नुन, मस्यौरा, चाउचाउ, बिस्कुट आदि खाद्यान्न र सरसफाइका सामाग्री हारपिक, पोछा, मास्क, सेनिटाइजर आदि सहयोग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *