Featured Slider Top News स्वास्थ्य

थप ९४ सयमा कोरोना सङ्क्रमण, २२५ जनाको मृत्यु

काठमाडौं,२८ बैशाख। नेपालमा गत २४ घण्टामा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले थप २२५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मङ्गलवार पुष्टि गरेको छ। तीमध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो।

एक दिन पुष्टि गरिएको र २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै सङ्ख्या हालसम्मकै उच्च हो।

पीसीआर विधि र एन्टिजन विधिबाट २१,३१६ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *