Top News राजनीति

ओलिसँग आत्मसर्पण क्रान्तिप्रति गद्दारी: घनश्याम भुसाल

काठमाडौं,२९ बैशाख। नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ । सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै उहाँले ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको हो।

उहाँले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ, तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा भएको बताउनुभयो।

उहाँले लेख्नुभएको छ –”हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ । आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *