Top News स्वास्थ्य

संक्रमणको चपेटामा विराटनगर

विराटनगर,२९ बैशाख। कोरोना संक्रमणका कारण प्रदेश १ को अस्थायी राजधानी विराटनगर नराम्री प्रभावित बनेको छ । समुदायस्तरमा संक्रमण फैलिएपछि सघन बस्ती रहेको विराटनगर संक्रमणको चपेटामा फसेको हो । प्रदेशको कुल संक्रमित संख्याको झण्डै आधा विराटनगरका छन् ।

प्रदेशमा कुल ८ हजार ८८२ जना संक्रमितमध्ये विराटनगरका मात्र ३ हजार ५४४ जना छन् । जसमध्ये ३ हजार १३६ जना संस्थागत एवं होम आइसोलेसनमा छन् । ४०८ जनामा भने गम्भीर स्वास्थ्य समस्या आएपछि विराटनगरका विभिन्न कोभिड अस्पतालमा भर्ना भएर उपचाररत रहेको विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले बताए ।

अलीका अनुसार विराटनगरका कोभिड अस्पतालहरुमा ६२ जनालाई अक्सिजन बेडमा,२१ जनालाई आइसियुमा र २० जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । अन्य संक्रमित जनरल वार्ड एवं अस्पतालको आइसोलेसनमा उपचाररत छन् । कोरोनाको दोश्रो लहरपछि विराटनगरका २९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *