Top News

बैठकपछि जसपा सांसदहरु रिसोर्टमा


काठमाडौं,बैैैशाख। गठबन्धनको सरकार निर्माणको पक्षमा देखिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसदलाई रिसोर्टमा राखेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको हो। रिसोर्टमा रहेका एक सांसदका अनुसार त्यहाँ १३ जना सांसद मात्र रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि दिएको समय आज सकिँदै छ। आज बसेको कान्रेस र जसपाविचको भेटमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकार बनाउन आफुहरुलाई सघाउन आग्रह गर्दा महन्थ ठाकुरले अस्वीकार गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *