Top News राजनीति

बहुमतीय सरकारको दावी गर्न देउवा र प्रचण्डबीच सहमति

काठमाडौं,३० बैशाख । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रधानमन्त्री दाबी गर्नेमा सहमति जुटेको छ ।  ​

कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देउवा निवासमा भएको भेटवार्तामा यस्तो सहमति जुटेको हो । 

वैकल्पिक सरकार गठनको समयसीमा सकिन लाग्दा देउवा र प्रचण्डबीच नयाँ प्रधानमन्त्री दाबी गर्नेमा सहमति जुटेको हो । 

नयाँ सरकारको दाबी गर्दै उनीहरु केहीबेरमा राष्ट्रपति कार्यालय शीतलनिवास जाने तय भएको छ ।  संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्म समय दिएकी छिन् ।

जेष्ठता र पार्टीका सांसदको संख्याका आधारमा देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यद्यपि जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने उनीहरुलाई सरकार गठनका लागि साथ दिएका छैनन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *