Featured Post Featured Slider

आजको राशिफल

काठमाडौँ,३१ बैशाख। मिति वि सं २०७८ साल बैशाख महिनाको ३१गते शुक्रबार, तदअनुसार सन् २०२१ मे १४ तारिख ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आज मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर खानपिन र स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्य राम्रो हुन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्न सक्छन् । सामाजिक प्रतिष्ठामा अभिवृद्धि पनि हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निराशा र शरीरमा आलस्य पनि आउला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )आज पुनर्मिलनको योग रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग पनि मिल्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि बढ्ने योग पनि देखिन्छन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आज शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्दव्यापार भने कमजोर नै रहला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *