अर्थ

सिईडिबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँड

काठमाडौं,३१ बैशाख । सिईडिबि हाइड्रोपावरले निश्कासन गरेको आईपीओ  बाँडफाँडको आज (शुक्रबार) गरिने तय भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  (सिइओ) बिजय लाल श्रेष्ठका अनुसार आज (शुक्रबार) विहान ११ बजे क्यापिटलको केन्दिय  कार्यालयमा हुने छ । सेयर बाँडफाँड भएको भर्चुअल माध्यमबाट देखाइने छ ।

बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओ १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो सर्वसाधारणलाई जारी भन्दा ११.२४ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *