शिक्षा

शिक्षकहरुद्वारा शिक्षामन्त्री र अर्थमन्त्री लाई म्यासेज

काठमाडौं,३१ बैशाख- बिहिबार देशैभरिका शिक्षकहरूले अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई एकै पटक म्यासेज गरेका छन् । शिक्षक महासङ्घको पूर्व निर्धारित कार्यक्रमअनुसार शिक्षकहरूले म्यासेजमार्फत अर्थ तथा शिक्षा मन्त्रीलाई आफ्ना माग पुरा गर्नका लागि दबाब स्वरुप एकै साथ म्यासेज गरिएको हो ।

नीजि विद्यालयमा कार्यरत शिक्षकहरूको निष्काशन बन्द,तलब भत्ता उपलब्ध,सङ्घीय शिक्षा ऐन जारी,विद्यालयमा कार्यरत बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्धि तगायतका विषयमा ध्यानाकर्षण गराएका हुन ।

न्यूनतम वेतन काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्धि गर्ने ,स्थायी ,राहत साविक उच्च मावि ,अस्थायी करार,प्राविधिक धार, लगायतका सबै शिक्षक र विद्यालय कर्मचारीका न्यायोचित माग पुरा गर्न , हाल संस्थागत विद्यालयमा भएको शिक्षक कर्मचारी निष्कासनलाई रोक्न , सबै शिक्षक कर्मचारीलाई अबिलम्ब कोभिड विरुद्धको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि विमा र निशुल्क उपाचारको व्यावस्था गर्न महासङ्घले माग राख्दै आएको छ ।

त्यसै गरी विभिन्न शिक्षकका घटकहरुले गरेको कुराकानिमा अहिले देशमा राजनितिक संक्रमण रहेकाले तत्काल शिक्षा ऐन जारी गर्न मुस्किल हुने अर्थमन्त्री विष्णु पौडेल प्रष्ट पारेका छन् । बाल विकास शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धिको विषयमा आगामि बजेटमा माग सम्बोधन आफु लागेको बताउदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *