विज्ञान/प्रविधि

मिस्ट्रीखोलाबाट उत्पादित ४२ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौं ,३१ बैशाख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादीत बिजुली बिहिबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा बिजुली पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादीत विद्युत्  केन्द्रिय प्रणालीमा जोडिएको जानकारी दिनु भयो ।

“मिस्ट्रीखोलाबाट उत्पादीत विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रिय प्रणालीमा जोडियो”, उहाले भन्नु भयो, “परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौँ ।” परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत प्राधिकरणको प्राबिधिक टोली नारच्याङ आएको छ ।

नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षण सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *