पालिका खबर

विरामीका घर घर पुग्छन गाउँपालिका अध्यक्ष

गाेरखा,३१ बैशाख । जिल्लाकाे शहिदलखन गाउँपालिकामा काेराेना भाइरस सङक्रमित विरामीहरुका लागि घरमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालिएकाे छ ।

स्वाव सङ्कलनकाे कामदेखि स्वास्थ्य सामग्री वितरण सम्मका गतिविधिमा स्वास्थ्यका कर्मचारी र  प्रमुख प्रशासकीय अधिकृत सहित पालिका अध्यक्ष रमेश थापा मगर आफै पुग्छन् ।   आज विहानै थापा कोभिड संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य कीट बितरण गरेका छन् । जिंक चक्की, भिटामिन सि, सेतो पलाति, ईम्युनोकियर, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री लिएर विरामीकाे घरघरमा पुगेका हुन् ।  अघिल्लाे साल दाताहरुले दिएका बाँकी रहेका र नपुग खरिद गरेर गाउँपालिकाले हाेम आइसाेलेसनमा बसेका विरामीहरुका लागि सामग्री प्रदान गरेका हुन् ।

पालिकालाइ यस अघि स्वाँरा सघन गाउँ विकास केन्द्रले स्वास्थ्य किट उपलब्ध गराएकाे र त्यहिँ किट केही थान बाँकी रहेकाे पालिकाले जनाएकाे छ ।  शहिद लखनमा आजका दिन सम्म हाेम आइसाेलेसनमा रहने विरामीहरुकाे  सङ्ख्या महिला १५ र पुरुष ३१ गरी ४६ जना रहेका छन् ।  उनीहरु सबैलाइ स्वास्थ्य किट प्रदान भएकाे हाे ।पालिकामा घर भइ सङक्रमित भएकाहरुकाे सङ्ख्या महिला २८ र पुरुष ४९ गरी ७७ जना रहेका छन् ।

पिसिआर परीक्षणकाे क्रममा पालिका भित्र गरिएकाे स्वाव सङ्कलनमा महिला १४ र पुरुष २१ जनामा काेराेना सङक्रमण पुष्टि भएकाे थियाे । बाहिर विभिन्न अस्पतालमा भएकाे परीक्षणमा १४ जना महिला र २८ जना पुरुष सङक्रमित भएका थिए । पालिकाले हाल सम्म कन्टयाक्ट ट्रेसिङ ६१ महिला र ६८ पूरुष, हाेम आइसाेलेसन ट्रेसिङ १ महिला र ३ पूरुष पालिका भित्र ३९ महिला र ३५ पूरुष गरी १०१ जना महिला र १०६ जना पुरुष गरी २०७ जनाकाे पिसिआर परिक्षण गरिएकाे गाउँपालिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

पालिका भित्रका नाै वटै वडामा भित्रिने मानिसहरुकाे बारेमा शुक्ष्म जानकारी लिने गरिएकाे छ । पालिका स्थित स्वास्थ्य शाखाले पिसिआर गर्न आवश्यक लागेका नागरिकहरुकाे स्वाव सङ्कलन गर्ने र पिसिआर परिक्षणकाे नतिजा लिने गर्दछन् ।

Leave a Reply

Your email address will not be published.