Top News राजनीति

स्वास्थ्य संकटकाे परिस्थितिमा गम्भिर हुन सरकारलाई कोइरालाको आग्रह

काठमाडौं,३१ बैशाख । पूर्वउपप्रधाममत्री तथा परराष्ट्रमत्री ने कांग्रेस की नेतृ माननिय सुजाता कोईराला आफ्नो सोशल मिडिया मार्फत सरकारलाई वर्तमान परिस्थितीको लागि गम्भीर हुन आग्रह गर्नु भएको छ ।

देश आज चरम स्वास्थ्य संकटबाट गुज्रिरहेको छ, । कोरोना संक्रमितको  संख्या दिनप्रतिदिन बढिरहेको छ। बिरामीहरुले  अक्सिजन, औषधि , बेड  लगायत सामान्य स्वास्थ्य सुबिधा पनि अस्पताल बाट पाउन सक्ने अवस्था  छैन। मृत्युलाइ  आफ्नै अगाडी देख्दा पनि  बिरामीले निरिह भएर उपचार अभाबमा  टुलुटुलु हेरिरहनु पर्ने विवशता छ। सरकारसंग पूर्व तयारीको निम्ति प्रयाप्त समय थियो तर त्यसमा गम्भीरता पुर्बक ध्यान नदिएर  अन्य  बिषयहरुमा अल्झिदा अहिलेको बिकराल समस्या आएको हो।

तसर्थ, सरकारको सम्पूर्ण ध्यान  यो महामारी संग लड्न केन्द्रित होस् र अक्सिजन लगायत आबस्यक  स्वास्थ्य सामग्रीको नियमित उपलब्ध गराई उपचारको बाताबरण सिर्जना गर्न नेपाल सरकार समक्ष नेेेेेेेेता कोईरालाले अनुरोध गर्ननु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *