खेलकुद

टोरेसको ह्याट्रिकमा न्युक्यासल युनाइटेडमाथि सिटीकाे रोमाञ्चक जित

एजेन्सी – स्पेनिस फरवार्ड फेरान टोरेसको ह्याट्रिक मद्दतमा यो सिजनको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्थामा न्युक्यासलमाथि उसकै मैदानमा ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । सिटीको जितमा अर्काे एक गोल जोओ क्यान्सिलोको नाममा रह्यो । घरेलु टोलीका इमिल क्राफ्त, जोइलिन्टन र जोसेव विललकले गोल गरे ।

सेन्ट जेम्स पार्क न्युक्यासलमा घरेलु टोलीले खेलको २५औं मिनेटमा इमिलको गोलबाट अग्रता लिएको थियो । तर न्युक्यासलले त्यो अग्रतालाई जोगाउन सकेन । ३९औं मिनेटमा जोओ क्यान्सिलोले रोड्रीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जोन्जो सेल्भेको पासमा गोल गरेका थिए ।

४२औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई खेलमा २–१ ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा जोइलिन्टनले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको अवस्थामा ल्याए । जोइलिन्टनलाई पेनाल्टी बक्समा नाथन एकेले लडाएपछि प्राप्त पेनाल्टीमा उनी आफैले गोल गर्न सफल भएका थिए ।

केएल वाल्करले जोसेप विललकलाई लडाएपछि ६२औं मिनेटमा प्राप्त पेनाल्टीमा जोसेप विललकको पेनाल्टीलाई गोलरक्षक स्कट कार्सनले बचाएपनि रिवाउन्डमा विललकले गोल गर्दै खेलमा न्यु क्यासललाई ३–२ ले अघि बढाए । तर न्युक्यासलको त्यो अग्रत लामो समय टिकेन । ६४औं मिनेटमा फेरान टोरेसले गापिब्रयल जेससको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा टोरेसले ह्याट्रिक पुरा गर्दै सिटीलाई ४–३ को रोमाञ्चक र पूनरागमन जित दिलाए ।

जितपछि च्याम्पियन बनिसकेको सिटीको ३६ खेलबाट ८३ अंक पुगेको छ । पराजित न्युक्यासल ३९ अंक जोडेर १६औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *