अर्थ

नेप्से परिसूचक हाल सम्मकाे उच्च

काठमाडौं,०२ जेठ । साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेप्से परिसूचक र काराेबार रकम दुवैमा उछाल आएकाे छ । सेयर बजारले ऐतिहासिक उचाई कायम गरेकाे छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७३८.२९ विन्दुमा पुगेकाे छ । यस दिन कूल २१४ वटा कम्पनीकाे २ कराेड १३ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँको कारोबार भएकाे छ ।

आइतबार रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ८० रूपैयाँमा पुगेकाे छ । कम्पनीकाे साधारण सेयर वैशाख महिनामा मात्र नेप्सेमा सूचिकृत भएकाे थियाे । दाेश्राे बजारमा काराेबार सुरू भएसँगै कम्पनीकाे मूल्य निरन्तर उकालाे लागिरहेकाे छ ।

सबैभन्दा धेरै मूल्य बढ्ने दाेश्राे सूचिमा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ हजार एक सय २८ रूपैयाँमा पुगेकाे छ । कम्पनीकाे सेयरमूल्य हकप्रदका कारणले गर्दा बढेकाे हाे । कम्पनीले हकप्रद निष्कासनकाे प्रकृया अघि बढाइरहेकाे छ । कम्पनीले निष्कासन गर्न लागेकाे हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ । कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ । कम्पनीकाे चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा सम्पन्न भएकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभाले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *