Featured Slider जीवन यात्रा

नेपाल सरकारको सहसचिव खगेन्द्र नेपालको जीवनया

खगेन्द्र नेपाल
जीवन फुल हो । जीवन संगित हो ।जीवन एउटा अनुपम बरदान हो । तर सँधै यस्तै पनि भैराख्दो रहेनछ । कतिखेर चुडिन्छ जिन्दगीको तार र थाहै नपाइ सुर र लय हराउछ जीवनगीतको । कति खेर कुन आँधिको झोक्काले लछार्छ र चुडाँउछ थाहै हुदैन ।


जीवन कर्कलाको पानी जस्तै है । कतिखेर भूइमा टप्किन्छ थाहै हुदैन ।,शिक्षाका लागि खाद्य परियोजना निर्देशक खगेन्द्र प्रसाद नेपाललाई जिवनको परिभाषा यस्तै लाग्छ अचेल ।


आफ्नै रफतारमा गुढिरहेको जिन्दगीको रथ कुन सुनामीले कहाँ कहाँ लैजान्छ । कुनै ठेगान हुदैन ।
२०२५ साल फागुन २५ मा धनकुटाको आँखिसल्ला गा।वि।स। वडा नं. ४ मा एउटा सामान्य परिवारमा पाँच दाजुभाइमध्ये साइलो छोराको रुपमा जन्मेका खगेन्द्रको कथा प्रेरणादायी छ ।


उज्यालोको खोजमा हिडेका नेपाल २०४६ सालमा अस्थायी शिक्षकबाट शिक्षा पेशामा प्रवेश गरे । लक्ष्यमा पुग्न तपस्या गर्नैपर्छ भन्ने बुझेका उनी २०५३ सालमा ताप्लेजुङमा विद्यालय निरिक्षकको रुपमा स्थायी सेवामा प्रवेश गरे ।


शिक्षाको क्षेत्रमा केहि गर्नुपर्छ भन्ने अठोटसँगै आफ्नो अर्जुन दृष्टिमा दृढ खगेन्द्र जिल्ला शिक्षा कार्यालय ताप्लेजुङ शिक्षक सेवा आयोग हुदै अहिले शिक्षाको लागि खाद्य परियोजना, सानोठमी, भक्तपुरमा कार्यरत छन ।
जीवन आफ्नै चर्खामा घुमिरहेको बेला २०७२ साल माघ २८ गते उनको जिन्दगीमा अनायासै सुनामीको हुण्डरी पस्यो ।
२०७२ सालको एसएलसी परिक्षाको प्रश्नपत्र छपाइको क्रममा अचानक ब्रेन ह्याम्व्रेज अर्थात मस्तिस्क घात भयो । यहि घटनाले उनलाई हरबखत पोलिरहन्छ । प्रसंग उठाउद गला अवरुद्ध हुन्छ र वाक्य पुरा हुनै सक्दैन उनको अहिले पनि ।

थापाथली स्थित नर्भिक अस्पतालमा २९ दिनसम्म भेन्टीलेटरमा उपचार भएपलि एक महिना पुग्दा मात्रै होषमा फर्किएका थिए उनी ।

२ महिना अस्पतालको बसाइमा झण्डै ५० लाख खर्च भयो । यसमा सरकारले पनि राम्रै सहयोग गर्यो र उनी क्रमश निको हुदै गइ र काममा फर्किए ।
पुरानै अवस्थामा फर्किन नसकेपनि कम्तिमा आफ्नो जिम्मेवारीमा फर्किन सक्ने हुनु नै ठुलो कुरा थियो । अहिले उनको देब्रे हर चल्दैन । यहि कुराले उनलाई घरघरी अबरुद्ध गराइरहन्छ । त्यो विषय र प्रसंगमा पस्ने वित्तिकै अभिब्यक्ति घाँटिमै अडकिन्छ ।


तर उनी आफ्नो जिम्मेवारीमा कहिल्यै अडकिएका छैनन । यति कठिन घडिमा पनि जिम्मेवारी प्रतिको लगाव उनीबाट सिक्न सकिने कुरा हो ।


लठ्ठी र सहयोगिको सहारामा कार्यकक्षमा देखिने उनको जीवन प्रतिको विश्वास कहिल्यै डगमगाएन । उनको बुझाइमा विचलित नभएर इमान्दारी पूर्वक लागिरहनु नै सफलताको कडी हो ।


धनी गरिव त्यो त मानिसको सोचको परिणाम हो तर पहिले जीवन हो । उनको भोगाइ र बुझाइमा अनेक आयामको संगम हो जीवन । अफ्ठेरामा हरेस नखाइ त्यसैलाई भर्याङ बनाएर उक्लिनुपर्छ त्यसपछि पाइने उज्यालोले जिवन अरु चम्किलो हुन्छ ।


नेपालमा शिक्षाको अवस्थाबारे चौतर्फी गुनासा आइरहदा उनी भने आशाबादी देखिन्छन । शिक्षामा सबैको पहुच पुगिसकेपछ अब गुणस्तर सुधारमा महत्वपूर्ण सुधार आवश्यक देख्छन उनी ।


आफू जुनसुकै अवस्थामा रहेरपनि देशको शिक्षा विकासका लागि हरसमय चिन्तित खगेन्द्र नेपाल आफ्नो निर्धारित अवधिसम्म शिक्षकै क्षेत्रमा जति र जे सकिन् त्यी अठोटमा छन । सचिव तहमा स्वभावत लाइनमा रहेका उनलाई जिवनप्रति कुनै गुनासो छैन । बरु सन्देश छ युवा पुस्ताका लागि सफलताका लागि एकै ठाँउमा इनार खन पानी त्यही आउछ । आफ्नो जिम्मेवारी र इमान्दारीतामा कहिल्यै विचलित नहोउ ।


आजका बालबालिकाको अनुहारमा भोलीको देशको नक्सा देखेर सबैले आ आफ्नो ठाँउबाट योगदान गर्न सके देशको अवस्था बदलिन बेर नलाग्ने उनको विश्वास छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *