Top News राजनीति

मदन भण्डारी र जीवराज आश्रितको मृत्युको रहस्य पत्ता लगाउन नेपालको माग

काठमाडौं,०३ जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले २८ वर्ष पहिले दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएका एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्युको यथार्थ पत्ता लगाउन सरकारसँग माग गर्नुभएको छ।

मदन–आश्रितको २८ औं स्मृति दिवसका अवसरमा नेता नेपालद्वारा जारी प्रेस वक्तव्यमा दासढुंगा काण्ड रहस्यमय रहेको भन्दै त्यसको यथार्थ पत्ता लगाउन माग गरिएको छ ।

नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जननेता कमरेड मदन भण्डारी कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको २८ बर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन ।’

बरिष्ठ नेता नेपालले भन्नुभएको छ, ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनाले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहान्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *