Featured Slider सहकारी दर्पण

झापाका सहकारीकर्मीकाे पिसिआर परिक्षण निःशुल्क

झापा : जिल्ला सहकारी संघ, झापाले सहकारीकर्मीकाे नि:शुल्क पिसिआर परिक्षण गराउने भएको छ । संघले सूचना जारी गरी सहकारी संस्थाका संचालक तथा उपसमितिका पदाधिकारीहरुको नि:शुल्क पिसिआर परिक्षण गराउने जनाएको हो ।

संघको बैशाख ३१ गते शुक्रवार बसेको संचालक समितिको भर्चुअल बैठकले निशुल्क पिसिआर परिक्षणको निर्णय गरेको हो । संघले नि:शुल्क पिसिआर परिक्षण गराउन चाहने सहकारी संस्थाका संचालक समिति, उप–समितिका पदाधिकारीहरुलाई जेष्ठ ६ गते बिहिवारसम्म नाम लेखाउन अनुरोध गरेको छ ।

संघले उक्त दिनको १२ बजे सम्म जिल्ला सहकारी संघको ईमेल वा सम्पर्क ब्यक्ती मार्फत नाम टिपाउन अनुरोध गरेको हो । जेठ सात गते ७ नम्वर वडा कार्यालय पशुहाट दमक र ८ गते अनारमनी हेल्थपोष्ट बिर्तामोर्डमा बिहान ११ बजेदेखि परिक्षण हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *