काठमाडौं,४ जेठ । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज बुधबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको मुनाफा ५६.०४ प्रतिशतले बृद्धि भएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा काषले ५९ करोड २० लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.०४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा कोषको खुद ब्याज आम्दानीमा पनि बृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले ५ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो २१५.१६ प्रतिशतले बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
कोषको खुद ब्याज आम्दानीसंगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा ६१ करोड ६२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा २८.२४ प्रतिशतले बृद्धि भएर ७९ करोड २ लाख रुपैयाँ पुगेको छ ।
कोषको खुद मुनाफा बृद्धि भएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिमा कोषको प्रतिसेयर आम्दानी ३७ रुपैया ६२ पैसा रहेकोमा अहिले त्यो ११ रुपैयाँ ३१ पैसाले घटेर २६ रुपैयाँ ३१ पैसा पुगेको छ । कोषको खुद मुनाफामा बृद्धि हुदाँ पनि प्रतिसेयर आम्दानी घट्नुको कारण कोषले चालु आर्थिक बर्षमा हकप्रद सेयर र बोनस सेयर वितरण गरि १२३ प्रतिशत पुँजी बृद्धि गरेको थियो । कोषको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ ।
कोषको चुक्ता पूँजी चैत मसान्तसम्ममा १२३.०८ प्रतिशतले बढेर ३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कोषको जगेडा कोष ८३.०३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।