राजनीति

अनशनरत डा.केसीलाई ध्यान दिन सरकारलाई बाबुरामको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा.बाबुराम भट्टराईले अनशनरत डा.गोविन्द केसीको आवाज सरकारले सुन्नुपर्ने बताएका छन्।

मेडिकल शिक्षामा सुधारको माग राखेर २१ दिनदेखि अनशन बसेका डा.केसीको स्वास्थ्य अवस्था नाजुक भन्दै गइरहँदा पनि सरकारले वास्ता नगरेको भन्दै डा.भट्टराईले सरकारको ध्यानाकर्षण गराएका हुन्।

आइतबार ट्वीट गर्दै डा. भट्टराईले भनेका छन्, ‘डा.केसीको पक्षमा जनता र प्रतिपक्षी पार्टीहरूको सक्रिय/सुषुप्त समर्थनको आवाज राज्यले छिटो सुनोस्! ६५बर्ष नाघेको शरीरनिम्ति २१ दिनको निराहार कति जोखिमपूर्ण हुन्छ सहज बोध गरोस्! हिजो क्रान्ति गरेर आएकाहरूले सत्तामा पुगेपछि जे गरेनि हुन्छ भन्ने नठानून्! जनताले बादशाहलाई घोडाबाट झार्छन्!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *