Featured Slider अन्य

आजको राशिफल

काठमाडौँ, ५ जेठ। आज मिति वि सं २०७८ साल जेठ महिनाको ५ गते बुधबार, तदअनुसार सन् २०२१ तारिख। हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र मनोबल उच्च रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज राज्यबाट मान सम्मान पाइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थय प्रति सचेत रहनु पर्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साँझमा नरमाइलो समाचार सुनिएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *