Top News अन्य

लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प

काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महशुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, धादिङ्गलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।


भूकम्प जाँदा लम्जुङमा सातवटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षिया उमा गुरुङ र ८३ वर्षिया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्काएकजना घाइतेको नाम खुलेको छैन ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सातवटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

भूकम्पको क्षतिको बारेमा केहि विवरण आइसकेको छैन । विहानै भूकम्पकाे ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *