राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो, शनिबार बस्ने

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २४ गते बस्नेगरी स्थगित भएको छ। केही नेता तथा केन्द्रीय सदस्यहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बैठक सारिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

त्यस्तैगरी कांग्रेसले केन्‍द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको पनि जानकारी गराएको छ।

कोरोना जोखिम न्यूनिकरणका लागि भन्दै कांग्रेसले केन्द्रीय सदस्यहरु, पदाधिकारी, कार्यालयका कर्मचारी र नेताका सुरक्षाकर्मीको १५ असोजमा  स्वाब  संकलन गरेको थियो।  

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

२४ गते बस्ने बैठकमा आगामी फागुनमा हुने भनिएको महाधिवेशन मिति सार्ने/नसार्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ध्यानाकर्षण गराएको पत्रमाथि छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *