Featured Slider अर्थ

आज १३.०९ अंकले घट्यो सेयर बजार

काठमाडौं,५ जेठ । लगातार नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेमा आज सेयर बजार घटेको छ । बुधबार नेप्से घटेपनि कारोबारमा भने नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार दिनभरिमा हाइ रहेको नेप्से बन्द हुने समयमा नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको हो । हिजो मंगलबार नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ अंकमा कन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो । मंगलबार ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको थियो, जुन हालसम्म कै उच्च कारोबार थियो । तर बुधबार भने उक्त रेकर्ड ब्रेक गर्दै हालसम्म कै उच्च कारोबार भएको छ । बुधबार दिनभरिमा २१४ कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ सेयर कित्ता १ करोड ३२ लाख ३६८ पटक किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार हो ।

बुधबार ट्रेडिङ समूह ३५.७२ अंक, बैंकिङ समूह ७.३४ अंक, फाइनान्स समूह २.७४ अंक, म्युचुअल फण्ड समूह ०.०७ अंक र होटल तथा पर्यटन समूह १५.५३ अंकले बढेको छ 

Leave a Reply

Your email address will not be published.