Featured Post राजनीति विचार

नेपालको संविधानको धारा ७६(५) को बारेमा

नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको निर्वाचनमा महासचिवका प्रत्यासी अधिवक्ता कलम बहादुर खत्रीले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै संविधानको धारा ७६(५) लाई सरल भाषामा रुपान्त्रण गर्नुभएको छ। खत्रीले शेर बहादुर देउवाको दावी पुगेको तर प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा यो सबै भएको भन्ने भाव प्रष्ट राख्नुभएको छ ।

खत्रीले शेयर गर्नुभएको स्ट्याटस यस्तो रहेको छ ।

नेपालको संविधानको धारा ७६(५) को बारेमा:

नेपालको संविधानको धारा ७६(५) मा प्रधानमन्त्री नियुक्तिको लागि राष्ट्रपति समक्ष दावी पेश गर्दा पार्टीको निर्णय चाहिन्छ भन्ने आसयका बिचार प्रसारित भएको पाइयो । त्यस्ता बिचार वा टिप्पणी सुन्दा मलाइ लाग्यो बुझलाइ पचाएर बोलेको हुनु पर्छ किनभने संविधानको धारा ७६(५) को अध्यायन गर्दा त्यहा के लेखिएको छ भने धारा ७६(३) बमोजिमको प्रधानमन्त्रीले ७६(४ )बमोजिम बिश्वासको मत प्राप्त गर्न नसकेमा ७६(२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा बिश्वासको मत प्राप्त गर्न सक्ने अधार प्रस्तुत गरेमा  राष्ट्रपतिले त्यस्तो सदस्यलाइ प्रधानमन्त्री नियुक्त गर्न गर्ने छ भन्ने ब्यबस्था छ । यो भनेको के हो भने  मतदाताहरु धारा ७६(२) बमोजिमको हुनुपर्ने भन्ने होइन दाबिकर्ता सदस्य ७६(२) बमोजिमको हुनु पर्छ भनेको हो । ७६(१) र ७६(३) को सदस्य त्यो क्याटेगोरीमा पर्दैन भनी छर्लङ्गै पारेको छ । त्यस कारण ७६(५) को सदस्यलाइ मत दिन पार्टीको निर्णय चाहिँ दैन। बुझ्नु पर्ने खाटी कुरा यहि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *