काठमाडौं, ८ जेठ। संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने सर्वोच्च अदालत जाने निर्णय विपक्षी गठबन्धले गरेको छ।
शनिबार संसद भवन बानेश्वरमा बसेको बैठकले शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका १४९ सांसद सहित संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जाने निर्णय भएको बैठक पछि नेकपा माओबादी केन्द्रका अघ्यक्ष पुष्पकमा दहाल प्रचण्डले पत्रकारहरुलाई बताउनु भयो।