अर्थ

लोकसेवालाई सर्वोच्चको आदेशः विज्ञापन रोक्नू

काठमाडौं। सर्वोच्च अदालतले बुधबार लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ।

आयोगले २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो।

लोकसेवा आयोगले नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो।

न्यायाधीश मनोजकुमार शर्माको इजलाशले नयाँ विज्ञापन प्रकाशन गर्ने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *