Featured Slider Top News जीवन यात्रा

एफएम रेडीयोको कार्यक्रम सञ्चालक देखि आफ्नै टेलिभिजन सम्मको यात्रा ।

चर्चीत पत्रकार ॠषि धमलाको जीवनयात्रा ।।

काडमाडौं, ९ जेठ । विहान पाँच देखी मध्यरातको १२ वजेसम्म अत्यन्त ब्यस्त समय तालीकामा उनी दौडीरहेका हुन्छन । राज्यका हरेक तहका मानीससँग वरोवर पँहुच छ । राष्ट्रपती,प्रधानमन्त्री,मन्त्री,नेता,कर्मचारी कलाकार सवै ओहदाका मानीससँग वलीयो सम्पर्क सुत्र भएका एक जर्वजस्त पात्र । उनको जती प्रशंसा हुन्छ त्यतीकै वढी आलोचना पनि हुने गर्छ तर उनी सजिलै पचाइदिन्छन । त्यस्ता एक चर्चीत पत्रकार हुन ऋषी धमला ।

झण्डै पाँच दशक हाराहारी उमेरमा उनले भोगेका उतार चढाव असंख्य छन । २०३२ सालमा धादिङको दुर्गम ज्यामरुङमा सामान्य परिवारमा जन्मिएका उनी ७ बर्षको हुँदा आमाको स्वर्गारोहण भयो । सानैमा मातृवात्सल्यता खोसिएपछि बाबुको रेखदेख प्रेरणा र पालनपोषणमा हुर्किएका धमला प्रावि तहको अध्ययन गाँउमै पुरा गरे । त्यसपछि काठमाण्डौ आएर रानीपोखरी पाठशालामा ६ र ७ कक्षा पढेपछि बाबुको आग्रहमा पुन धादिङ नै लगियो ।

सामान्य किसान परिवारको छोरो । त्यसमाथी सानैमा आमाको मृत्यु भएपछि घर भित्र र बाहिरका सबै जसो कामको अनुभव छ उनमा । गोठालो जाने । घाँस काटने देखि गाँउले जिवनका सबै अन्तरंग पक्षसँग घुलमिल भएरै उनको बाल्यकाल वित्यो ।

दोस्रो पटक काठमाण्डौ आएपछि देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलनको लहर चलेका बेला उनी पनि जानिदो या नजानिदो पाराले २०४६ सालको आन्दोलनमा सामेल भए । यो अवसरले उनलाई गणेशमान सिंह कृष्णप्रसाद भट्टराइ जस्ता ठुला नेतासग नजिकिने मौका दियो । राजनीतिक आन्दोलन चल्दै गर्दा उनी समालोचना साप्ताहिकको बजार ब्यवस्थापकबाट पत्रकारिता शुरु गरे ।

राष्ट्रपुकार दृष्टी घटना र विचार देशान्तर लगायत विभिन्न साप्ताहिक तथा दैनिक पत्रिका एवं रेडियो नेपाल हुदै सन्चारकर्मको बाटो नछोडेका धमलाकै नेतृत्वमा २०५४ चैत्र १७ गते रिपोर्टस क्लब स्थापना भयो । रिपोर्टस क्लवमार्फत विभीन्न कार्यक्रम,अन्तर्कृया तथा पत्रकार सम्मेलन गरेर विभिन्न क्षेत्रका सुचना समाचार वाहीर ल्याउने काम उनले गरिरहे ।

देशभर सन्जाल रहेको एफएम रेडियो होस वा सबै जसो टेलिभिजनमा कार्यक्रम सन्चालन गरेका उनी पछिल्लो समय आफैले स्थापना गरेको प्राइम टेलिभिजनमा अध्यक्षको भूमिकामा रहेका छन । भने उनले सन्चालन गर्ने कार्यक्रम जनता जान्न चाहन्छन धेरै हेरिने टेलिभिजन शो मध्ये पर्दछ ।

अन्र्तवार्ताको अनौठो शैली र अस्वभाविक लाग्ने ब्यवहारका कारण उनी कहिलेकाही हासी मजाकको पात्र वनिरहेका हुन्छन । उनको शैलीलाइ जोडेर उखान टुक्का तथा अनेक किस्सा वनाएर सामाजीक सन्जालमा भाइरल हुन्छन । तर उनलाइ केही मतलव हुदैनन । वरु सवै कुरा हाँसेरै टारीदिन्छन । यो उनको सहनशिलता पनि हो ।

उमेरले चालिस कटेपछि,विस वर्ष कम उमेरकी एलिजा गौतमसँग २०७० सालमा उनले विहे गरे । अहिले उनका दुइ सन्तान छन । क्यानडामा वस्दै आएकी एलिजा मोडलीङ हुदै अहिले चलचित्र क्षेत्रमा ब्यस्त छिन ।

परिवारको साथमा धमला

धमलाको कामप्रतीको लगाव उदाहरणीय छ । वीहेको दिन समेत विहान रेडीयो अन्र्तवार्ता चलाउन पुग्नुले उनी कामप्रती कती दृढ छन भन्ने वुझन सकिन्छ ।
निरन्तरको मेहनत र कडा परिश्रमकै कारण आज उनी यो स्थानमा छन । उनको सन्जाल ठुलो छ । धेरैथरी मानीससँग उनको उठवस हुन्छ तर धमलाको एउटा गज्जवको वानी छ धेरैको मोवाइल नम्वर उनलाई कण्ठ छ र एकपटक चिनेको मान्छेलाइ वर्षैसम्म विर्सीदैनन पनि । अनवरत परिश्रम गर्ने धमलाको बुझाइमा जिवन संघर्ष नै हो । सफलताको सुत्र संघर्ष मेहनत र इमान्दारिता नै हो ।

नेपालका सवै दलका उच्च तहका नेतासँग राम्रो उठवस भएका धमला आफ्नो जिवनका अविस्मरणीय किस्सा पनि नेताहरुसँग जोडिएको बताउछन । सन्त नेता कृष्णप्रसाद भट्टराइदेखि गिरिजा प्रसाद कोइराला मदन भण्डारी मनमोहन अधिकारी तथा माधव नेपालसँगका अन्तरंग क्षण कहिल्यै नबिर्सिने बताउछन उनी ।

वढी ब्यस्तता दौडधुप तथा धेरै वोल्दा पछील्लो समय उनको घाँटीमा समस्या देखीन थालेको छ । उनी अचेल दैनीक घाँटीको फीजियो थेरापी गर्छन । यही ब्यस्त दैनीकीकै कारण अधीकाँश समय परीवार भन्दा वाहीर हुन्छन उनी । धादिङ स्थायी घर भइ राजधानी प्रवेश गरि निकै संघर्ष पछि पत्रकारिता मार्फत एउटा उचाइ कायम गरेका धमला जीवनभर जनताको हितका लागि पत्रकारितामै रहने प्रण गर्छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *