Top News राजनीति

प्रधानमन्त्रीले नागरिकतासम्बन्धि अध्यादेश ल्याउन मिल्दैन : नेता रावल

काठमाडौँ, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले कामचलाउ प्रधानमन्त्रीले नागरिकतासम्बन्धि अध्यादेश ल्याउनु आपत्तीजनक भएको बताएका छन् ।

नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सत्ता स्वार्थ र मोहका कारण वर्तमान कामचलाउ सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ती जनाएका हुन् ।

“आफ्नो सत्ता जोगाउनका लागि महन्थ, राजेन्द्र महतोलाई खुशी तुल्याउनका लागि नागरिकतासम्बन्धि संवेशनशील विषयलाई हतियार बनाउनु निन्दनीय छ,”–नेता रावलले भने । वर्तमान सरकारले राष्टिय हितप्रति वेइमान गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.