काठमाडौं,११ जेठ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्ने हुनुभएको छ । सापकोटाको सचिवालयका अनुसार संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल बोलाइएको छ।
गत जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि समसामयिक बिषयमा छलफल गर्ने एजेन्डा रहेको सचिवालयले जनाएको छ।
२०४८ साल यताका दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहनुहुनेछ।