राजनीति

कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन आदेश दिएको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोरोना संक्रमितहरूलाई परीक्षामा दिनबाट बञ्चित नगर्न लोकसेवा आयोगलाई अन्तरिम आदेश दिएको हो । 

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।

आयोगले १२ असोजमा जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७’ मा संक्रमितलाई परीक्षामा सहभागी नगराउने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *