स्थानिय खबर

ग्लोबल आइएमी बैंक बानेश्वर शाखाका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं । ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। बिहीबार दिउँसो पौने दुई बजे मध्यबानेश्वर बैंक शाखाका गार्डमाथि एक अपरिचित व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ।

सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। हातमा चोट लागेको उनको उनको के एमसी अस्पतालमा उपचार भइरहेको राठौरको भनाइ छ।

राठौरका अनुसार सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्रहार गरेका थिए। ती मान्छेको पहिचान भइसकेको छ। उनको खोजी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *