काठमाडौँ, १४ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको देशबासीलाई सम्बोधन कार्यकर्ता प्रशिक्षणजस्तो भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले देशबासीका लागि सम्बोधन गरेपनि जनतालाई अनुभूती हुने खालको विशेष कुनै कार्यक्रम नल्याएको बताएका हुन् । “देशबासीलाई सम्बोधन हो की कार्यकर्तालाई प्रशिक्षण हो,”– उनले प्रश्न गरे ।