काठमाडौं, १६ जेठ। नेपाल चेम्बर अफ कर्मशका अघ्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थामा बजेट कार्यान्वनको पाटो एकदमै कठिन रहेको बताउनु भएको छ।
चालु बर्षमै पनि सरकारले बजेटको आकार र राजस्व उठौती लक्ष्य दुई पटक संसोधन गरेर घटायो बताउदै अघ्यक्ष मल्लले अहिले हामी कोभिड १९ को महामारीमै छौं र उध्योग व्यवसाय लगायत पर्यटन क्षेत्र धरायसिमा छन।यस्तो अवस्थामा अहिले सरकारले राखेको राजस्वको लक्ष्य भेटाउन एकदमै कठिन छ भन्नु भएको छ।
बजेटले नेपाल चेम्बर अफ कमर्सले दिएका धेरै पक्षहरु समावेश गरेको छ तर यो चुनावी सरकार हो भन्दै उहाँले विगतका बर्षमा जस्तो स्थिर सरकार र कोरोना महामारी नभएको भए केही हदसम्म राम्रो छ भन्नु भएको छ। चुनावी सरकार भएका कारण कसरी कार्यान्वयनमा लैजान्छ त्यो हेर्नु जरुरी छ भन्दै
उहाँले बजेटले जीडीपी वृद्धिदर साढे ६ प्रतिशतको लक्ष्य राखेको छ , कोरोना महामारीको अवस्थामा त्यो हासिल गर्न सकिँदैनकि भन्नु भएको छ। किनकि हामी सामान्य अवस्थामा हैन विषम परिस्थितिमा छौं उहाँ भन्नु हुन्छ।