राजनीति

दसैँपछि संसद हंगामा हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध दसैँपछि व्यापक आन्दोलन र संसदमा हंगामा गर्ने बताएका छन् । पार्टीले गठन गरेको कोरोना संक्रमण अनुगमन समितिले तयार गरेको प्रतिवेदन बुझ्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

‘दसैंपछि देशव्यापी आन्दोलन गर्छौँ। संसद बोलाउन लगाएरै छोड्ने छौँ । जनताको जीवन रक्षा व्यवस्था गर्न सरकारलाई बाध्य पार्छौँ,’ प्रतिवेदन बुझ्दे सभापति देउवाले भने । सरकारले कोरोना नियन्त्रण गर्न नसकेको जनाउँदै देउवाले देशव्यापी आन्दोलन र संसदमा हंगामा मच्चाउने उद्घोष गरेका हुन् ।

सरकारलाई गलाउन संसदमा हंगामा गर्ने उनको भनाइ छ । सडक आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन पनि उनले निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *