काठमाडौं,१९ जेठ। नेपालमा आज ५ हजार ३१६ जनालाई संक्रमण पुष्टि भएको छ । आज संक्रमणदर ३१.५ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ३१६ जना नयाँ संक्रमित थपिएका छन् भने १०१ संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ अहिले १ लाख १ हजार ९९३ जना संक्रमित आइसोलेसनमा छन् ।