Top News राजनीति

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी: गोकर्ण विष्ट

काठमाडौं ,२२ जेठ

उपप्रधानमन्त्री नियुक्त भएलगत्तै दिएको अभिव्यक्तिले राजेन्द्र महतो विवादमा परेका छन् । शुक्रबार पदभार ग्रहण गर्ने क्रममा उनले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउनका लागि आन्दोलन गर्ने बताएका थिए ।

यसैबीच एमालेका नेता गोकर्ण विष्टले पनि  जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । नेता विष्टले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उक्त अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको बताएका हुन् ।

उनले भनेका छन्,
उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नेू ‘भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *