Featured Post अन्य

राशिफल : वि.सं. २०७८ ज्येष्ठ २४ गते सोमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७८ जेठ २४ गते, सोमवार, ७ जुन २०२१। ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि (प्रातः ९ः१४ बजेदेखि त्रयाेदशी)। भरणी नक्षत्र। चन्द्रराशि– मेष।

ज्योतिष: गोपाल अधिकारी (अनलाइनमा सम्पर्क भाइवर,इमो,हट्सयापः९८१८७७०७७९)

१. मेष राशि : अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

२. बृष राशि : आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

३. मिथुन राशि : दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विद्यार्थीहरूको अध्ययनमा राम्रो प्रगति हुनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ।

४. कर्कट राशि : सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ । मन प्रसन्न रहने छ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ।

५. सिंह राशि: स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला ।

६. कन्या राशि : पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। सोचे अनुरूप सफलता नमिल्दा मन खिन्न रहने छ । मन्द गतिमा कार्य अघि बढ्ने छ ।

७. तुला राशि : रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। सुखद यात्रा पनि हुनसक्छ ।

८. वृश्चिक राशि : सुख र धनको प्राप्ति हुनेछ। व्यवसायमा फाइदा हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ।

९. धनु राशि : नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूलाई समय दिँदैमा समय बित्न सक्छ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। मन्द गतिमा कार्य अघि बढ्ने छ ।

१०. मकर राशि : सोख र सुविधाले फजुल खर्च बढाउन सक्छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। व्यापार व्यवसायमा घाटा हुन सक्छ । हरेक कार्य गर्दा होसियार हुनु होला ।

११. कुम्भ राशि : मन प्रसन्न रहने छ । आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।

१२. मिन राशि : बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तत्काल लाभ नभए पनि दिगो काम शुभारम्भ गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *