Top News राजनीति

यस्ता छन पार्टी जोगाउन अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे प्रस्ताव


काठमाडौँ, २४ जेठ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गर्नुभएको छ । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अध्यक्ष ओलीको सो आह्वानसँगै फुटको सँघारमा पुगेको एमाले फुटबाट जोगिने देखिएको छ ।

ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै अवस्थामा फर्काउन आफू सहमत भएको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । असन्तुष्ट माधवकुमार नेपाल समूहका नेताहरूको मुख्य माग नै पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा फर्काउनुपर्छ भन्नेमा रहेको थियो । ओलीले त्यसमा सहमति जनाउँदै आफू पार्टी एकताका लागि संवेदनशील र लचक रहेको सन्देश दिनुभएको छ।

आइतबार राति पार्टीलाई एकजुट राख्न आफू तयार रहेको बताउँदै अध्यक्ष ओलीले पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न भन्दै ६ बुँदे प्रस्तावसहित एकता आह्वान गर्नुभएको हो । ओलीको एकता प्रस्ताव आएसँगै देशभरका एमाले कार्यकर्ता खुसी र उमंग बनेका छन् । देशभरका एमाले कार्यकर्ताहरूले प्रधानमन्त्री तथा अध्यक्षको एकता प्रस्ताव सकारात्मक भएकाले सोही प्रस्तावको जगमा टेकेर एमालेका सबै असन्तुष्ट पक्षलाई समेत पार्टीमा गोलबद्ध हुन आह्वान गर्नुभएको छ ।

अध्यक्ष ओलीको एकता आह्वान र कार्यकर्ताको दबाबका कारण माधव नेपाल समूहका अधिकांश नेता कार्यकर्ता पनि पार्टी एकताको पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओलीको एकता आह्वानलाई नेपाल समूहका नेताहरूले पनि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

एमालेलाई एक राख्ने यस्ता छन् ६ बुँदे प्रस्ताव

१. पार्टीलाई २०७५ साल ३ जेठकै अवस्थामा फकाइने
२. मातहतका पार्टी कमिटीलाई पनि पुरानै अवस्थामा फर्काइने
३. देखिएका अन्य समस्या समाधान गर्न कार्यदल गठन गर्ने
४. सर्वोच्चको रिटमा भएको आफ्ना सांसदको हस्ताक्षर फिर्ता गर्ने
५. यसअघिका कुनै विषयलाई लिएर कसैलाई पनि कारबाही नगरिने भेदभाव नगरिने र पूर्वाग्रह नराखिने
६. सबैको रचनात्मक सहयोगमा एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा एक राख्ने।  राजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *