Top News राजनीति

पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक : भट्टराई

काठमाडौं ,२४ जेठ।नेकपा एमालेका नेता योगेश भट्टराई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानको स्वागत गरेका छन् ।

उनले अध्यक्ष ओलीले वक्तव्यमार्फत जारी गरेको उक्त आह्वानलाई सकरात्मक रहेको टीप्पणी गरेका हुन् । यस्तै नेता भट्टराईले उक्त वक्तव्यले कर्यदल स्तरको छलफललाई पुनः निरन्तरता दिन बाटो खुलेको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,

नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published.