राैतहट, २४ जेठ । रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । निषेधाज्ञाको पालना गराउदा भएकाे झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् ।
प्रहरी टोलीले स्थानीयलाइ सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएका थिए ।