Featured Slider अन्य

महिलासहित गोंगबुबाट १० जना जुवाडे पक्राउ

काठमाडौं, २४ जेठ । काठमाडौंको गोंगबुबाट एक जना महिलासहित १० जना जुवाडेहरू पक्राउ परेका छन् ।

काभ्रे साँगा घर भई हाल काठमाडौं कलंकी बस्ने ४५ वर्षीया सरिता जोशी लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोंगबुचोकमा डेरा गरी बस्ने फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

फ्रिदा जोशीको कोठामा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५०० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।

हाल फरार फिद्रा जोशीको खोजी गर्नाका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । एक जना महिलाबाहेक अन्य पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published.