काठमाडौँ, २५ जेठ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी माथि हातपात भएको छ।
सोमबार साँझ साढे सात बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा पसी अभद्र व्यवहार गरेका हुन् ।
स्वकीय सचिव ललित बोहराका अनुसार मन्त्री बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका छोपी अंगरक्षक र निजी सचिवालयलाई छल्दै भित्र पसी उनले हात हालेका हुन् ।
यसलाई एमालेभित्र बिध्यमान अन्तर्द्वन्द्वको उपज मानिएको छ ।
