Featured Slider अर्थ

प्रति तोला ३०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, २५ जेठ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.