Featured Slider अन्य

तपाईंको आजको राशिफल ( बुधवार )

२०७८ जेठ २६ गते, बुधवार, ९ जुन २०२१। ज्येष्ठ कृष्णपक्ष चतुर्दशी तिथि (१३ः४१ बजेदेखि औंसी)। कृत्तिका नक्षत्र, प्रातः ९ः०६ बजेदेखि राेहिणी। चन्द्रराशि– वृष। ज्योतिष: गोपाल अधिकारी (अनलाइनमा सम्पर्क भाइवर,इमो,हट्सयापः९८१८७७०७७९)

१. मेष राशि : बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त हुने छ ।

२. बृष राशि : मानसम्मानमा वृद्धि हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। गरेको कार्यमा सफलता मिल्ने छ । नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने छ ।

३. मिथुन राशि : आर्थिक कारोबार मा सावधान रहनु होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

४. कर्कट राशि : अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

५. सिंह राशि: तारिफयोग्य कामले प्रशंसा, ख्याति र लाभ दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। सुखद यात्रा पनि हुनसक्छ ।

६. कन्या राशि : दाम्पत्य जीवन सुखमय हुनेछ । वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ । मन प्रसन्न रहने छ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ।

७. तुला राशि : सानोतिनो समस्याले अल्झाउन सक्छ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। व्यापार व्यवसायमा घाटा हुन सक्छ । हरेक कार्य गर्दा होसियार हुनु होला ।

८. वृश्चिक राशि : मन प्रसन्न रहने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्।

९. धनु राशि : पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। सोचे अनुरूप सफलता नमिल्दा मन खिन्न रहने छ । मन्द गतिमा कार्य अघि बढ्ने छ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

१०. मकर राशि : : रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। सुखद यात्रा पनि हुनसक्छ ।

११. कुम्भ राशि : अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा खर्च हुनसक्छ।

१२. मिन राशि : सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। मित्रबाट सहयोग र साथ मिल्ने छ। अध्ययनमा प्रगति हुनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ।

Leave a Reply

Your email address will not be published.