Featured Slider स्वास्थ्य

गोरखामा पर्याप्त मात्रामा खोप उपलब्ध गराउन सांसद दवाडीको माग

गोरखा, २६ जेठ । नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा पर्याप्त मात्रामा खोप उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

गोरखा क्षेत्र नं २ प्रदेश (ख)का निर्वाचित सांसद दवाडीले आज एक विज्ञप्ती जारी गरी मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने कार्यक्रम भएपनि सरकारले पर्याप्त मात्रामा खोप नपठाउँदा खोप लगाउन समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो ।

“गोरखा जिल्लाभरीमा ६ हजार ९७२ जनालाई खोप दिनुपर्नेमा ३ हजार ४६१ डोज मात्रै उपलब्ध गराउनु सरकारको कमजोरी हो, कम डोज खोप उपलब्ध गराउँदा स्थानीय तहले खोप बुझ्न मानिरहेका छैनन्,”– उहाँले भन्नुभयो ।

सांसद दवाडीले तोकिएको उमेर समूहलाई यथाश्रीघ खोप उपलब्ध गराउन सरकारलाई आग्रह समेत गर्नुभएको छ । उहाँले नागरिकको रक्षा गर्ने सरकारको पहिलो दायित्व भएको भन्दै सोहीअनुसार काम गर्न सरकारको ध्यानाकर्षण समेत गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *