Featured Slider अन्य

तपाईंको आजको राशिफल ( २०७८/०२/२७ विहीवार )

२०७८ जेठ २७ गते, बिहीवार, १० जुन २०२१। ज्येष्ठ कृष्णपक्ष औंसी तिथि (१५ः३७ बजेदेखि शुक्ल प्रतिपदा)। राेहिणी नक्षत्र, ११ः३९ बजेदेखि मृगशिरा। चन्द्रराशि– वृष।

ज्योतिष: गोपाल अधिकारी (अनलाइनमा सम्पर्क भाइवर,इमो,हट्सयापः९८१८७७०७७९)

१. मेष राशि :

काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । आफ्नो स्वस्थ्यको विशेष ध्यान दिनुहोला।

२. बृष राशि :
सहयोगीहरूले राम्रो साथ दिनेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम कमाउने समय छ । दाम्पत्य जीवन सुखद रहन्छ ।

३. मिथुन राशि :
आफ्नै कमजोरीले विवादमा परिन सक्छ । प्रतिस्पर्धामा पनि केही कमजोर भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।

४. कर्कट राशि :
रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम पनि प्रारम्भ गर्ने समय छ। सफलताले थप हौसला जगाउने छ । आँटेको काम बन्न सक्छ ।

५. सिंह राशि:
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला।

६. कन्या राशि :
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ । मन्द गतिमा कार्य अघि बढ्ने छ ।

७. तुला राशि :
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। सोचे अनुरूप सफलता नमिल्दा मन खिन्न रहने छ ।

८. वृश्चिक राशि :
मित्रता र प्रेमको बन्धन कसिनेछ । साझेदारीमा गरिने काममा सफलता मिल्ने छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

९. धनु राशि :
शत्रुभाव राख्नेहरू कमजोर हुनेछन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

१०. मकर राशि :
अध्ययनमा प्रगति हुनेछ भने अरूका लागि पनि सहयोग गर्न सकिनेछ। निर्णय गर्दा दोधारको अवस्था आउने छ । खर्चमा बृद्धि हुने छ ।

११. कुम्भ राशि :
ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ।

१२. मिन राशि :
रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम पनि प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्गे फाइदा हुनेछ।

Leave a Reply

Your email address will not be published.